होमपेज > टुसासहितको मेथी सेवन गर्नुका यतिधेरै फाइदाहरू

टुसासहितको मेथी सेवन गर्नुका यतिधेरै फाइदाहरू

बिज्ञापन
बिज्ञापन

मेथीको प्रयोग हामी विभिन्न तरीकाले गर्ने गर्छौ । विशेष गरी मेथीको प्रयोग हामी तरकारी, अचारहरूमा गर्ने गर्छौ । मेथीको साग पनि खाने गरिन्छ । र अर्को भनेको हामी मेथीको पेस्ट बनाएर हामी कपालमा पनि लगाउने गर्छौ ।

बिज्ञापन

मेथीको पेस्ट कपालमा लगाइसकेपछि कपाल सिल्की र बाक्लो पनि हुन्छ । शरीरको लागि पनि धेरै फाइदाजनक छ मेथी । मेथी दानाको प्रयोगबाट जोर्नी दुख्ने, ढाड दुख्ने र सुन्निने समस्याबाट छुटकारा मिल्छ । मेथीदानाको पानीले मोटोपना घटाउन पनि फाइदाजनक हुन्छ । मेथी दानाको पानी पिउनाले कपाललाई पनि स्वस्थ र बलियो बनाउँछ । ग्यास र एसिडिटीको समस्याबाट पनि राहत दिन्छ ।

बिज्ञापन

कतिपयले मेथीको दानालाई टुसाएर पनी खाने गर्छन् । टुसाएको मेथीको दानाले पेटको स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्छ । यो भिटामिन बी, भिटामिन सी र भिटामिन ई र भिटामिन ए को राम्रो स्रोत हो । यसबाहेक मेथीमा आइरन र क्याल्सियम जस्ता खनिजहरू पनि पाइन्छ । यी सबै पोषक तत्त्वहरू समग्र स्वास्थ्यको लागि राम्रो मानिन्छ । मेथीको दाना मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ ।

टुसासहितको मेथी सेवन गर्नुका फाइदाहरू

बिज्ञापन

१-टुसाएको मेथीको दानामा ३०-४० प्रतिशत बढी पोषक तत्त्व पाइन्छ । मेथीको दानाले पाचन सुधार गर्न मद्दत गर्छ । मेथीमा फाइबरको मात्रा बढी हुन्छ । यसले पाचन क्रियामा सुधार हुन्छ ।

२-टुसाएको मेथीको दानाले पेटको स्वास्थ्यलाई राम्रो बनाउन मद्दत गर्छ । यो भिटामिन बी, भिटामिन सी र भिटामिन ई र भिटामिन ए को राम्रो स्रोत हो । यसबाहेक मेथीमा आइरन र क्याल्सियम जस्ता खनिजहरू पनि पाइन्छ । यी सबै पोषक तत्त्वहरू समग्र स्वास्थ्यको लागि राम्रो मानिन्छ ।

३-मेथीको दाना मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ । रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ भन्ने धेरै अध्ययनले देखाएको छ । सुन्निएको शरीरलाई कम गर्न सकिन्छ । यसले तौल घटाउन पनि मद्दत गर्छ र कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्न पनि मद्दत गर्छ ।

४-महिनावारी अनियमित हुने समस्यामा उमारेको मेथीले निकै फाइदा गर्छ । महिनावारीको समयमा हुने दुखाई, ऐँठन, तनाव आदिलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

५-हरेक दिन एक कचौरा मेथी खाँदा शरीरमा क्यान्सर प्रतिरोधी गुण विकास हुन्छ । जसले क्यान्सर लाग्नबाट बचाउँछ । यस्तै टुसा पलाएको मेथीमा आइरन हुने भएकाले यसको दैनिक सेवन गर्दा शरीरमा रगतको कमी हुँदैन ।

६-मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ ।

७-यदि तपाइँलाई ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ ।

८-मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ । महिलामा हुने विशिष्ठ समस्यामा मेथीले औषधीको काम गर्छ

टुसाएको मेथीको दाना कसरी खाने?

टुसाएको मेथीको दानालाई तपाईं सलादमा जसरी खान सक्नुहुन्छ । यसका साथै पोहा, उपमा वा ओट्समा मिसाएर पनि खान सकिन्छ ।

बिहान मेथीको पानी पिएपछि त्यसलाई पिसेर पीठोमा मिसाएर रोटी बनाउन सकिन्छ ।  भिजेपछि र टुसाएपछि मेथीको स्वाद तितो हुँदैन ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते