नेसनल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने जनाएको छ ।
बिज्ञापन
कम्पनीको ३६औं वार्षिक साधारणसभाले शुक्रबार आर्थिक वर्ष ०७९/८० का लागि अद्यावधिक चुक्ता पुँजीको ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँमा १० प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतका दरले बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरेको जनाइएको छ । ०७९/८० मा कुल बिमा शुल्क १६.६६ प्रतिशत र कुल लगानी १५.७२ प्रतिशतले वृद्धि भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक रहेको र ०७९/८० मा सो दर ९.४५ प्रतिशत कायम जनाइएको छ ।
बिज्ञापन







