झापाको अर्जुनधारामा एक १६ वर्षीया बालिकामाथि गएराति सामूहिक बलात्कार भएको छ । अर्जुनधारा-५ की ती बालिकामाथि चार जना युवाले सामूहिक बलात्कार गरेका हुन् ।
बिज्ञापन
बालिकाको बयानका आधारमा प्रहरीले अर्जुनधारा नगरपालिका ७ का सुनिल राजवंशी, केशवकुमार मगर, सरोज राई र अनीश लिम्बुलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न भएको आरोप लागेका उनीहरूलाई शनिबार बिहान घरबाटै पक्राउ गरिएको हो । घटनामा संलग्न थप तीन जनाको खोजी भइरहेको जनाइएको छ । पीडित परिवारका अनुसार पिडकमध्येका दुई जनाले शुक्रबार अपराह्न ती बालिकालाई घुम्न जाने भन्दै घरबाट लगेका थिए ।
बिज्ञापन
त्यसपछि उनीहरूले अर्जुनधाराकै एक होटेलमा पुर्याएर सामूहिक बलात्कार गरेका थिए । त्यहाँ उनका अरू दुईजना साथीहरू पनि थिए। उनीहरू चार जनाले नै रातभर बालिकामाथि बलात्कार गरेको प्रहरीसँगको बयानमा पीडितले बताएकी हुँन् । घटनापछि बिहान पिडकमध्येका सुनिल राजवंशीले पीडित बालिकालाई मोटरसाइकलमा घर पुर्याएका थिए ।
बिज्ञापन








