होमपेज > धितोपत्र बजारले बनायो अहिले सम्मकै उच्च रेकर्ड

धितोपत्र बजारले बनायो अहिले सम्मकै उच्च रेकर्ड

बिज्ञापन
बिज्ञापन

धितोपत्र बजारले एकपछि अर्को रेकर्ड तोड्दै उचाइ लिइरहेका बेला सरकारले यो बजारबाट प्राप्त गर्ने पूँजीगत लाभकर ह्वात्तै बढेको छ ।

बिज्ञापन

चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो महीना साउनमा मात्रै धितोपत्र बजारका लगानीकर्ताबाट सरकारले ४ अर्ब २३ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर उठाएको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले बताएको छ । यो अघिल्लो आर्थिक वर्ष (आव) २०८०/८१ मा संकलित कुल पूँजीगत लाभकरको नजिक छ । आव २०८०/८१ मा धितोपत्र बजारबाट सरकारले ५ अर्ब ५० करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको तथ्यांक सीडीएससीले उपलब्ध गराएको छ ।

बिज्ञापन

धितोपत्र कारोबार गर्दा हुने लाभमा लगानीकर्ताले पूँजीगत लाभकर तिर्नुपर्छ जुन आयकरकै एक स्वरूप हो । मासिक पूँजीगत लाभकर संकलनमा यसअघिको रेकर्ड पनि यो वर्षको साउनमा भएको संकलनले तोडेको छ । यसअघि २०७८ साल साउनमा सरकारले १ महीनामा सर्वाधिक ३ अर्ब २४ करोड रुपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते