सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपियाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।
बिज्ञापन
कार्यालयले ५ वर्षे अवधिको विकास ऋणपत्र–२०८६ बोलकबोलमार्फत बिक्री गर्ने भएको हो । उक्त बोलपत्र भदौ ६ गते निष्कासन गरिने कार्यालयले जनाएको छ । ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले भाग लिन सक्नेछन् ।








