राजस्व संकलनकालागि भन्दै सुदूरपश्चिम प्रदेश सरकारले अध्यादेश ल्याएको छ । आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले बुधबार राजस्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश सामयिक कर अध्यादेश, २०८१ पेस गरेका थिए ।
बिज्ञापन
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश स्वीकृत गर्ने निर्णय गरेको हो । अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस भएको छ । चालु आर्थिक वर्षको बजेट पारित गराउन नसकेपछि सुदूरपश्चिम प्रदेशमा गत साउन १ गतेदेखि बजेट शून्यताको अवस्था आएको थियो ।
बिज्ञापन
हाल आय संकलनसम्बन्धी अध्यादेश ल्याइए पनि केही दिनभित्र अध्यादेशमार्फत नै बजेट ल्याउने तयारीमा सुदूरपश्चिम प्रदेश सरकार छ ।








