चांगान अटोमोबाइलले ‘सेयरिङ द फयुचर’ थिममा युरोपको जर्मनीमा ‘२०२५ चांगान युरोप ब्रान्ड इभेन्ट’ को आयोजना गरेको छ। युरोपेली बजार विस्तारको नीतिगत संकेत गर्दै यो कार्यक्रममा चांगान, दिपल र अवतार ब्रान्डका ९ नयाँ मोडेल प्रर्दशन गरिएको थियो।
बिज्ञापन
यो वर्ष अन्त्यसम्म चांगानले कम्तीमा १० युरोपेली क्षेत्रीय बजारमा विस्तार गर्ने लक्ष्यसमेत लिएको छ। साथै, कम्पनीले आउँदो तीन वर्षमा युरोपमा ‘दिपल०७’ समेत गरेर ९ वटा मोडेल सार्वजनिक गर्ने जनाएको छ। चांगानले स्थानीय आर एन्ड डीमा समेत लगानी गर्ने योजना बनाएको छ। ‘इन युरोप, फर युरोप’ नीतिमा रहेर चांगानले १ हजार सेल्स र सर्भिस आउटलेट सुरु गर्ने र १ हजार स्थानीय कर्मचारीलाई जागिर दिने पनि जनाएको छ।
बिज्ञापन
इन्टिलिजेन्स र इलेक्ट्रिफिकेसनमा महत्त्वपूर्ण उपलब्धि हासिल गरिरहेको चांगानले युरोपेली बजारमा भइरहेको हाइ पर्फर्मेन्स ईभी मागलाई पूर्ति गर्ने अपेक्षा समेत गरेको छ। टेक्नोलोजिकल इनोभेसमा चांगान विश्वभरि चर्चित छ। चांगानका ६ मुलुक र १० स्थानमा ग्लोबल आर एन्ड डी सिस्टम छन् जहाँ ३१ मुलुकका १८ हजारभन्दा बढी शोधकर्ता काम गर्छन्। साथै, चांगानको १७ टेक्नोलोजी कम्पनी र १ सय ८० ल्याब छन्, जसले उसलाई युरोपेली ईभी बजारको महत्त्वपूर्ण खेलाडी बनाउने छ।
जर्मनीमा सार्वजनिक भएको चांगान केही समयमा नर्वे, डेनमार्क, नेदरल्यान्ड र बेलायतमा केन्द्रित हुनेछ। सन् २०२८ सम्ममा चांगान सबै युरोपेली बजारमा विस्तार भइसकेको हुनेछ। कम्पनीको युरोपेली मुख्यालय नेदरल्यान्ड हुनेछ जसले व्यापारिक अपरेसन केन्द्रको काम गर्नेछ। साथै, बिक्री मुख्यालय जर्मनीको म्युनिख सहरमा हुनेछ।
बिज्ञापन








