होमपेज > मेकअप गर्दा नगर्नुहोस् यी ५ गल्ती, बिग्रन सक्छ सुन्दरता

मेकअप गर्दा नगर्नुहोस् यी ५ गल्ती, बिग्रन सक्छ सुन्दरता

बिज्ञापन
बिज्ञापन

राम्रो देखिनु वा त्यसकालागि मेकअप गर्नु सबैलाई राम्रै लाग्छ । हरेक महिलाको सुन्दर देखिने चाहाना हुन्छ । सुन्दर देखिन महिलाहरू विभिन्न प्रकारको मेकअप गर्ने गर्छन् । भनिन्छ, महिलाहरूका लागि मेकअप प्राकृतिक कुरा नै हो । तर त्यसको हेरचाह गर्न सकिएन भने चाहिँ यसको परिणाम विपरीत हुनसक्छ ।

बिज्ञापन

कतिपय अवस्थामा गलत मेकअपकै कारण अनुहारको छाला समयभन्दा अगाडी चाउरिने र चमक हराउने सम्भावना बढ्ने गर्दछ । त्यसैले मेकअपका बारेमा आफ्नो केही भुल वा बानी सुधार गर्नुपर्ने हुन्छ ।

बिज्ञापन

१-मेकअप पखाल्ने
जहिल्यै पनि मेकअप गरेको अनुहार सुत्ने बेलामा अनिवार्य पखाल्नु पर्दछ । दिनभरको जस्तोसुकै व्यवस्था वा थकान भए पनि मेकअप सफा नगरी सुत्दा अनुहारको छालामा भएका छिद्र बन्द हुन सक्ने सम्भावना हुन्छ ।

२‍-म्याद नाघेका सामाग्री
कहिल्यै डेट एक्सपायर ब्युटी प्रोडक्ट प्रयोग गर्नु हुँदैन । हरेक ब्युटी प्रोडक्टमा एक्सपायर मिति उल्लेख गरीएको हुन्छ । त्यसलाई सोही मितिभित्र प्रयोग गरिसक्नु पर्छ । अन्यथा, त्यसले खराब परिणाम निम्त्याउँछ ।

बिज्ञापन

३-मेकअप ब्रसको सफाइ
दैनिक प्रयोग हुने मेकअप ब्रसको पनि नियमित सरसफाइ गर्नुपर्छ । मेकअप ब्रस मेकअप ब्याग तथा अन्य विभिन्न स्थानको सम्पर्कमा रहन्छ । यसैले यसको सफाइ आवश्यक छ ।

४-अनुहार छुने
अधिकांश महिलाले जानेर वा अनजानमा आफ्नो अनुहार छोइरहन्छन् । हरेक समय अनुहारमा हातले छोइरहँदा हातमा रहेको आयल तथा फोहोर अनुहारको सम्पर्कमा आउँछ । त्यसैले यो गल्ती गर्नु हुँदैन ।

५-बाथरुममा मेकअपका सामान राख्नु
मेकअप प्रोडक्ट्स बाथरुपमा राख्दा छिट्टै खराब हुने गर्छ । बाथरुममा हुने चिसोपनको कारण मेकअपको सामानमा ब्याक्टेरियाले आक्रमण गर्छ र इन्फेक्सन गराउँछ । मेकअपको सामान सधैँ कुल र सुख्खा ठाउँमा राख्नुपर्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते