होमपेज > चार सय वर्ष पुरानो रक्तकाली मन्दिरको जीर्णोद्धार सम्पन्न

चार सय वर्ष पुरानो रक्तकाली मन्दिरको जीर्णोद्धार सम्पन्न

बिज्ञापन
बिज्ञापन

मध्यपुरथिमि नगरपालिका‐५ कमेरोटारमा चार सय वर्ष पुरानो रक्तकालीको मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ । कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र पर्ने उक्त मन्दिरको जीर्णोद्धारका लागि आयोजनाको ४९ लाख र स्थानीय उपभोक्ता समितिको दुई लाख गरी कूल ५१ लाखमा निर्माण सम्पन्न भएको रक्तकाली पुनःनिर्माण समितिका अध्यक्ष मधु वनले बताए ।

बिज्ञापन

आठ पुस्ता अगाडिदेखि स्थानीय वन परिवारले पुज्दै र संरक्षण गर्दै आएको उक्त मन्दिर जीर्ण भएपछि अहिले आयोजनाको सहयोगमा परम्परागत एवं मल्लकालीन शैलीमा निर्माण सम्पन्न भएको उनले जानकारी दिए । कूल सात आना क्षेत्रफल जग्गामा पुनःनिर्माण भएको रक्तकाली मन्दिरसँगै अन्य विभिन्न देवीदेवताका मन्दिरसमेत गरी मन्दिरको मूलद्वारलगायत सबै संरचना परम्परागत शैलीमा निर्माण सम्पन्न गरिएको समितिका सचिव मिनुकुमारी गिरीले जानकारी दिए ।

बिज्ञापन

मन्दिरसँगै खाली रहेको जग्गामा परम्परागत शैलीमा फल्चा अर्थात् पाटी निर्माणको तयारी भइरहेको जानकारी दिँदै समितिका अध्यक्ष वनले आयोजनाले विनियोजन गर्ने यस वर्षको बजेटले पाटी निर्माण सम्पन्न गर्ने बताए । मन्दिरमा ठूलो पीपलको रूखको संरक्षण गर्नाका साथै परम्परागत शैलीमा गणेश, शिवलिङ्ग, लक्ष्मी, सरस्वती, बङ्गलामुखी, सप्तऋषि, हनुमान, गरुड, अष्टचिरिञ्जीवी, सिद्धिविनायक, भैरव, सूर्यदेव, दोलखा भीमसेन, दक्षिणकालीलगायत विभिन्न देवीदेवताका साना मन्दिर निर्माण गरी मूर्ति स्थापना गरिएको छ ।

कमेरोटारका बासिन्दाका लागि मन्दिर ऐतिहासिक र परम्परागत शैलीमा पुनःनिर्माण सम्पन्न हुँदा आन्तरिक पर्यटनको वृद्धि हुने अपेक्षा राखिएको छ । मन्दिरको प्राणप्रतिष्ठा गरी कमेरोटार आयोजना उपभोक्ता समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका पूर्वनगरप्रमुख मदनकृष्ण श्रेष्ठले मन्दिरको उद्घाटन गरे ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते