गोरखामा गोठमा आगो लागेर एक हल गोरु र गाई जलेर मरेका छन्।
बिज्ञापन
सोमबार दिउँसो १२ बजे गोरखा नगरपालिका- १४ स्थित पियोर गाउँमा प्रताप पन्तको गोठमा लागेको आगोले एक हल गोरु र गाई मरेका जिल्ला प्रहरी कार्यालय गोरखका प्रहरी नायब उपरीक्षक रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार लामखुट्टे धपाउन प्रयोग गरिएको धानको भुस सल्कदै जाँदा टिनले छाएको गोठ पूर्ण रुपमा जलेर ध्वस्त भई गोठ भित्र रहेका एक हल गोरु, गाई, सामुदायिक वनबाट काटेर राखेका सालका काठ र सिरक दशना समेत आगलागीमा परी ध्वस्त भएको उहाँले बताउनुभयो ।
बिज्ञापन
पियोर गाउँमा एक्लो घर भएकाले कोही पनि मानिस नभएको मौकामा जलेर पूर्ण रुपमा ध्वस्त भएपछि स्थानीयले थाहा पाएपछि प्रहरीलाई जानकारी गराई घट्नास्थलमा प्रहरी आएपछि मुचुल्का उठाएर पठाएको गोरखा नगरपालिका – १४ वडा अध्यक्ष गोपाल थापाले बताउनुभयो।








