होमपेज > प्रेम बन्धनमा बाधिएका अभिनेत्री श्रद्धा कपुर र राहुल मोदीको ब्रेकअप !

प्रेम बन्धनमा बाधिएका अभिनेत्री श्रद्धा कपुर र राहुल मोदीको ब्रेकअप !

बिज्ञापन
बिज्ञापन

लिउड अभिनेत्री श्रद्धा कपुरसँग जोडिएको एउटा ठूलो खबर बाहिर आएको छ । उनको प्रेमी राहुल मोदीसँग ब्रेकअप भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिज्ञापन

उनले राहुलको परिवारसँग पनि दूरी कायम राखेको बताइएको छ । यसबारेमा अहिलेसम्म आधिकारिक रूपमा केही खुलाइएको छैन । तर, ‘स्त्री २’ रिलिज हुनुअघि अभिनेत्री र उनका फ्यानहरूका लागि यो दुःखद् समाचारभन्दा कम होइन । ‘सोनु के टिटू की स्वीटी’, ‘प्यार का पंचनामा’ र ‘तू झुठी मै मक्कर’ जस्ता फिल्ममा काम गरिसकेका राहुल मोदी पेशाले लेखक हुन् । श्रद्धासँग उनको पहिलो भेट ‘तू झुठी मैं मक्कर’को सेटमा भएको थियो । सुरूमा यी दुईबीच मित्रता भयो र त्यसपछि यो मित्रता प्रेममा परिणत भएको थियो ।

बिज्ञापन

यस वर्षको मार्चमा अनन्त अम्बानी र राधिका मर्चेन्टले गुजरातको जामनगरमा प्रि(वेडिङ पार्टी आयोजना गरेका थिए, जसमा श्रद्धा र राहुल सँगै देखिएका थिए । अहिले रेडिडमा यो दाबी भइरहेको छ कि श्रद्धाले इन्स्टाग्राममा राहुल मोदीलाई अनफलो गरेकी छिन् । उनले राहुलको बहिनी, राहुलको प्रोडक्शन कम्पनी र राहुलको कुकुरको प्रोफाइल अकाउन्टलाई पनि अनफलो गरिसकेकी छिन्, त्यसपछि उनीहरूको ब्रेकअपको अड्कलबाजी भइरहेको छ । तर, राहुलले अझै पनि श्रद्धालाई पछ्याइरहेका छन् ।

श्रद्धाले आफ्नो सम्बन्धलाई खुलेर स्विकारेकी छैनन् तर, उनले इसाराबाट आफ्नो प्रेम व्यक्त गरिरहेकी थिइन् । यसअघि श्रद्धाले आफ्नो घाँटीमा आर अक्षर भएको लकेट पनि लगाएकी थिइन्, जसले उनीहरूको सम्बन्धमा हलचल मच्चाएको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते