होमपेज > एचआईडीसीएलले माग्यो प्रमुख कार्यकारी अधिकृत (सूचनासहित)

एचआईडीसीएलले माग्यो प्रमुख कार्यकारी अधिकृत (सूचनासहित)

बिज्ञापन
बिज्ञापन

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले प्रमुख कार्यकारी अधिकृतको पदको लागि योग्य तथा इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।

बिज्ञापन

कम्पनीले खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने योजना बनाएको हो, जसको लागि उम्मेदवारले विभिन्न शैक्षिक योग्यताका साथसाथै विशेष अनुभव पनि प्रस्तुत गर्नु पर्नेछ। उम्मेदवारले जनप्रशासन, व्यवस्थापन, व्यापार, वित्त, अर्थशास्त्र, इन्जिनियरिङ, कानून, वाणिज्य र कम्पनी कानून मध्ये कुनै एक विषयमा पहिलो श्रेणीमा स्नातकोत्तर डिग्री हासिल गरेको हुनुपर्छ। साथै, बैंक, वित्तीय क्षेत्र, कोष व्यवस्थापन वा इन्जिनियरिङ क्षेत्रको कुनै पनि क्षेत्रमा कम्तीमा सात वर्षको कार्यअनुभव प्राप्त गर्नुपर्ने छ।

बिज्ञापन

त्यसैगरी, चार्टर्ड एकाउन्टेन्सीको डिग्री प्राप्त गरेका र नेपाल चार्टर्ड एकाउन्टेन्सी संस्थाको सदस्यता लिएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ। चार्टर्ड एकाउन्टेन्सी सम्बन्धी काममा कम्तीमा दश वर्षको अनुभव आवश्यक हुनेछ। आवेदन गर्न इच्छुक उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेको हुनुपर्नेछ। इच्छुक नेपाली नागरिकलाई आगामी १५ दिन भित्र आवेदन पेश गर्नुपर्नेछ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते