होमपेज > नबिल बैंकले प्राप्त गर्‍यो तीन वटा अन्तर्राष्ट्रिय सहित ४ वटा अवार्डहरू

नबिल बैंकले प्राप्त गर्‍यो तीन वटा अन्तर्राष्ट्रिय सहित ४ वटा अवार्डहरू

बिज्ञापन
बिज्ञापन

नबिल बैंकले एकसाथ तीन वटा अन्तर्राष्ट्रिय सहित ४ वटा अवार्डहरू प्राप्त गरेको छ । ४०औं वार्षिकोत्सव कार्यक्रम मनाउँदै गर्दा बैंकले एकसाथ ४ अवार्ड प्राप्त गरेको हो ।

बिज्ञापन

बैंकको ४० वर्षे अनवरत यात्रामा धेरै उपलब्धि हासिल भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताए । नवीन प्रयोग र ग्राहकको सुविधामा ध्यान दिएकै कारण बैंकले अवार्ड प्राप्त गरेको भन्दै उनले कर्मचारी लगायत सबैलाई बधाई समेत दिए । नबिल बैंकले नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड (एनबीपीए), २०२३ प्राप्त गरेको हो ।

बिज्ञापन

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको छ । यो अवार्ड बैंकलाई आर्थिक वर्ष २०२२र२३ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा प्रदान गरिएको हो । बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई सम्मान गर्दै यो अवार्ड प्रदान गरिएको हो ।काठमाडौंमा आयोजित एक विशेष समारोहमा अर्थमन्त्री विष्णु पौडेलले उक्त अवार्ड हस्तान्तरण गरे ।

नबिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त तथा योजना विभाग प्रमुख सन्दीपबाबु पौडेलले अवार्ड ग्रहण गरे। यस्तै बैंकले बेस्ट कमर्सियल बैंकिङ ब्रान्ड अवार्ड नेपाल, २०२४ प्राप्त गरेको छ । नबिल बैंकले संयुक्त अधिराज्य (यूके) को ग्लोबल ब्रान्ड म्यागेजिनबाट यस वर्षको बेस्ट कमर्सियल बैंकिङ ब्रान्ड अवार्ड नेपाल, २०२४ प्राप्त गरेको हो । ग्लोबल ब्रान्ड म्यागेजिनले हरेक वर्ष बैंकिङ क्षेत्रका अग्रणी, उत्कृष्ट सेवा तथा दृष्टिकोण प्रदर्शन गर्ने बैंकहरूका लागि अवार्ड आयोजना गर्दै आइरहेको छ ।

बिज्ञापन

यस सम्मानले बैंकिङ क्षेत्रमा नबिल बैंकको उत्कृष्ट सेवा र दूरदर्शी दृष्टिकोणलाई थप सुदृढ बनाएको दाबी बैंकले गरेको छ । अवार्डका लागि वाह्य अनुसन्धान तथा मूल्यांकन टोलीले गरेको सिफारिसका आधारमा बैंकले यो अवार्ड प्राप्त गरेको हो । नबिलले नेपालको बेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सीएसआर), युरोमनी अवार्ड फर एक्सिलेन्स, २०२४ पनि प्राप्त गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत देशमा पुर्‍याएको योगदानको कदर स्वरूप यो अवार्ड बैंकले हासिल गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई दिगो विकासका लक्ष्य केन्द्रित गर्दै समाजको सकारात्मक परिवर्तनका लागि बैंकले स्वास्थ्य, शिक्षा, उद्यमशीलता, संस्कृति जगेर्ना तथा प्रवर्द्धन, सूचना प्रविधि आदि कार्यक्रमहरू सञ्चालन गर्दै समाजमा टेवा पुर्‍याउँदै आएको छ ।

बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप कार्यक्रम २०७८ मंसिरदेखि सुरु गर्दै सामाजिक उद्यमशीलतालाई देशव्यापीरूपमा सञ्चालन गर्दै आएको छ । नबिल बैंकले युरोमनी अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत नेपालको बेस्ट बैंक फर एसएमइजतर्फको अवार्ड पनि हासिल गर्न सफल भएको छ । सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड विश्व बैंकिङ क्षेत्रमा सुरु गरिएको पहिलो अवार्ड हो । बैंकले नवीनतम कामका लागि देखाएको प्रतिबद्धता, सामाजिक उतरदायित्व अन्तर्गत पुर्‍याएको योगदान, गुणस्तरीय ब्रान्डिङ र साना तथा मझौला व्यवसाय विस्तारमा गरेको उत्कृष्ट प्रदर्शनले यी अन्तर्राष्ट्रिय अवार्डहरू पाएको बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बताए ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते