होमपेज > कास्कीका सात सहकारीमा चार अर्ब ५९ करोड हिनामिना, ३२ जना जेल चलान

कास्कीका सात सहकारीमा चार अर्ब ५९ करोड हिनामिना, ३२ जना जेल चलान

बिज्ञापन
बिज्ञापन

कास्कीमा सहकारीको रकम घोटालाले हजारौँ बचतकर्ताहरू पीडित बनेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार ७ ठुला सहकारीबाट बढी बचतकर्ता ठगिएका छन् ।

बिज्ञापन

यसमध्ये सबैभन्दा धेरै प्राइम सहकारीबाट १ अर्ब ५४ करोड १५ लाख रकम अपचलन भएको छ । यो प्रकरणमा ६५ जना प्रतिवादी छन् भने २५ जना पक्राउ परेका छन् । १८ जना धरौटीमा रिहा हुँदा ७ जना पुर्पक्षका लागि थुनामा छन् । नेपाल सरकारका उच्च पदस्थ कर्मचारीसमेतको रकम अपचलनमा नाम जोडिएको छ । प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापाको मिलेमतोमा रकम अपचलन भएको हो ।

बिज्ञापन

यसैगरी सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोड ५३ लाख ठगी भएको छ । सहकारीमा ४४ जना प्रतिवादीमध्ये ५ जना मात्रै पक्राउ परेका छन् । सबैजना पुर्पक्षका लागि थुनामा छन् । पूर्वगृहमन्त्री रवि लामिछानेको समेत नाम जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा थप २५ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पीडितले दिएको जाहेरीका आधारमा पूरक अनुसन्धान गर्दा थप २५ जना विरुद्ध छानबिन हुनुपर्ने निष्कर्ष निकालेको प्रहरीले जनाएको छ । सहकारीको पुरानो सफ्टवेयर अनुसार २०६५ पछिका सञ्चालक समितिका पदाधिकारीलाई पनि पक्राउ पुर्जी जारी भएको हो ।

पीडितहरूले सूर्यदर्शन प्रकरणमा रास्वपा सभापति समेत रहेका पूर्व गृहमन्त्री लामिछाने सहित ४ व्यक्ति र १४ कम्पनी विरुद्ध पूरक छानबिनको माग गरेका थिए । त्यसपछि महानगरका विज्ञले अध्ययन गरेर नयाँ प्रतिवेदन तयार गरेको हो । पछिल्लो प्रतिवेदनमा पनि लामिछानेको नाम जोडिएको छ । इमेज सहकारीबाट ६४ करोड ८८ लाख अपचलन भएको छ । १५ जना प्रतिवादी छन् भने ५ जना पक्राउ परेका छन् । ४ जना धरौटीमा रिहा हुँदा २ जना पुर्पक्षका लागि थुनामा छन् । ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली सहितको संलग्नतामा इमेजको रकम हिनामिना भएको हो ।

बिज्ञापन

शिवशिखरबाट ५४ करोड ५३ लाख ठगी भएको छ । ठगीको आरोपमा ११ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । त्यसमध्ये ४ जना मात्रै पक्राउ परेर जेल गएका छन् । मित्रमिलन सहकारीबाट ३१ करोड ७८ लाख ठगी भएको छ । ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएकोमा २० जना पक्राउ परिसकेका छन् । ११ जना धरौटीमा रिहा भए भने ९ जना कारागार चलान गरिएका छन् । बलिदानी सहकारीबाट १० करोड ५९ लाख ठगी भएको छ । १५ जना प्रतिवादीमध्ये ५ जना पक्राउ परेका छन् । २ जना धरौटीमा रिहा हुँदा ३ जना कारागार गएका छन् । विन्दवासिनी सहकारीबाट ७ करोड ६९ लाख ठगी भएको छ । ३१ जना आरोपीमध्ये १९ जना पक्राउ परेका छन् । १७ जनालाई धरौटीमा छोडिएको छ भने २ जना पुर्पक्षका लागि थुनामा छन् ।

सञ्चालक र कर्मचारी मिलेर कास्कीका दर्जनौँ सहकारीका रकम अपचलन गरिएका छन् । केही सहकारी विरुद्ध उजुरी पर्ने क्रम जारी छ । महानगरको सहकारी शाखामा सधैँजसो सहकारीले बचत फिर्ता नदिएको उजुरी पर्छ । उजुरीका आधारमा छानबिन सकेर मुद्दा प्रक्रियामा गएका सात सहकारीका रकम अपचलन आरोपमा २ सय १४ जना प्रतिवादी किटान गरिएको छ । हालसम्म ८४ जना पक्राउ परेका छन् भने ५२ जना धरौटीमा रिहा भएका छन् । यी सहकारीबाट मात्रै ४ अर्ब ५९ करोड १८ लाख रुपैयाँ ठगिएको विवरण प्राप्त भएको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए । ‘ऋणीतर्फको हेरिसकेको छैन । अध्ययन भइरहेको छ । रिपोर्ट के आउँछ हेरौँ,’ उनले भने, ‘त्यसपछि थप कारबाही अघि बढ्छ ।’ ठगी आरोपमा ३२ जना कारागार चलान भैसकेका छन् भने बाँकी फरार छन् । फरार रहेकाको खोजी भइरहेको एसपी थापाले जानकारी दिए । ‘पक्राउ पुर्जी जारी भएपछि आरोपीहरू फरार छन् । प्रहरीले खोजिरहेको छ,’ उनले भने ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते