स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबारका लागि १ लाख ४६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।
बिज्ञापन
स्थानीय बजारमा सुनको मूल्य प्रतितोला एक सयले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबारका लागि १ लाख ४६ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै, आइतबार प्रतितोला १ लाख ४५ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
बिज्ञापन
चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । आइतबार प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि १ हजार ७ सय ९० रुपैयाँ तोकिएको छ ।








