गत आर्थिक वर्षमा घरजग्गा कारोबार बढेको छ । आर्थिक वर्ष ०७९/८० को तुलनामा आर्थिक वर्ष ०८०/८१ मा कारोबारको लिखत पारित मात्रै ७२ हजार ३७३ वटाले बढी भएको हो ।
बिज्ञापन
समीक्षा अवधिमा कित्ताकाटको लिखत पारित ३ लाख ४८ हजार ५४ पटकले बढी भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । समग्रमा हालसाविक, संशोधन, जग्गा बाँडफाँटलगायत गरी कुल १३ लाख ३३ हजार ९५७ पटक कित्ताकाट भएको विभागको तथ्यांक छ ।
बिज्ञापन
गत आर्थिक वर्ष समग्रमा हालसाविक, संशोधन, जग्गा बाँडफाँटलगायतबाहेक १ लाख ६० हजार ४१८ वटा कारोबार लिखत पारित भएको थियो । गत आर्थिक वर्ष मात्रै कित्ताकाटका ५ लाख ३५ हजार ६९५ वटा लिखत पारित भएको विभागको तथ्यांक छ, जुन अघिल्लो वर्षको तुलनामा ७२ हजार ३७३ वटाभन्दा बढी हो । अघिल्लो वर्षभर कित्ताकाटको ४ लाख ६३ हजार ३२२ वटा लिखत पारित भएका थिए ।








