होमपेज > शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै

बिज्ञापन
बिज्ञापन

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा शल्यक्रियामार्फत सुत्केरी हुनेको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा आर्थिक वर्ष २०७९/८०का तुलनामा आव २०८०/८१ मा चार प्रतिशत बढी शल्यक्रिया गरेर नवजात शिशु जन्माउने सुत्केरी बढेका हुन् ।

बिज्ञापन

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार आव २०८०/८१ मा ४३ प्रतिशत अर्थात् नौ हजार ६०० महिलाले शल्यक्रियामार्फत शिशु जन्माएका थिए । सो अवधिमा अस्पतालमा २२ हजार दुई सय ७० महिला सुत्केरी भएका थिए । आव २०७९/८० मा ३९ प्रतिशत महिलाले शल्यक्रियामार्फत शिशु जन्माएका थिए । उनले पहिलो पटक शल्यक्रिया गरेर शिशु जन्माएका आमाले दोस्रो पटक शिशु जन्माउदा पनि शल्यक्रिया गर्नुपर्ने, निःसन्तान भएका र प्रशव पीडा खप्न नसक्ने आमाको शल्यक्रिया गरेर बच्चा जन्माउने गरेको बताए । यस्तै ढिलो उमेरमा शिशु जन्माउँदा जोखिम हुने भएकाले पनि शल्यक्रिया गर्ने अवस्था आउने निर्देशक डा .अधिकारीले बताए।

बिज्ञापन

उनले भने, ‘तर बिरामीको अवस्था अलि गम्भीर भयो भने मात्र शल्यक्रिया गरेर शिशु जन्माउँछौँ ।’अस्पतालका निर्देशक डा अधिकारीले जनशक्तिको अभावले पनि सामान्य तरिकाले सुत्केरी गराउन नसकिएको बताए। ‘विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार दुई जना बिरामी बराबर एक जना नर्स हुनुपर्दछ’ उनले भने, ‘तर हामीकहाँ ४० बिरामी बराबर तीन नर्स कार्यरत छन् । त्यसैले हामीले जनशक्तिको अभावले पनि सामान्य तरिकाले सुत्केरी गराउन सकिरहेका छैनौँ ।’

उहाँका अनुसार पहिलो पटक गर्भवती भएकालाई व्यायाम गराउने, मानसिक र शारीरिक रुपमा बच्चा जन्माउनुपर्दछ भनेर परामर्श गर्ने, दुखाइरहित सामान्य प्रसूति गराउने जस्ता कार्य गर्नुपर्दछ । अस्पतालका कार्यकारी निर्देशक डा अधिकारीले अस्पतालले शल्यक्रियालाई भन्दा पनि सामान्य तरिकाले सुत्केरी गराउने प्रयासलाई उच्च प्राथमिता दिएको जानकारी दिए।

बिज्ञापन

अस्पतालले दुई वर्षदेखि शिशु जन्माउदा अत्यधिक दुखाइ हुनेलाई दुखाईरहित सेवा प्रदान गर्ने उनको भनाइ छ । अस्पतालका दैनिक ६० देखि ७० सुत्केरी हुने र तीमध्ये २० देखि २५ जनाको शल्यक्रिया मार्फत् शिशु निकाल्ने गरिएको छ । नेपालमा मातृमृत्युदर एक लाखमा १५१ र बाल मृत्युदर एक हजारमा २१ जनाको रहेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते