छिल्लो ६ घण्टामा देशको एक ठाउँमा धेरै भारी वर्षा मापन भएको छ।
बिज्ञापन
मौसम पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान ७.४० बजे अपडेट गरेको विवरणअनुसार पछिल्लो ६ घण्टामा झापाको शनिश्चरेमा १००.२ मिलिमिटर वर्षा भएको हो।सो अवधिमा देशभरमा सबैभन्दा बढी वर्षा यही हो। सय मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् धेरै भारी वर्षा भन्छन्।
बिज्ञापन
यसैगरी पछिल्लो ६ घण्टामा देशका अन्य दुई स्थानमा भारी वर्षा भएको छ। महाशाखाको तथ्यांकअनुसार सो अवधिमा डोटीको दिपायलमा ५४.८ र उदयपुरको मुर्कुची बजारमा ५४.२ मिलिमिटर वर्षा भएको हो। ५० मिलिमिटरभन्दा माथिको वर्षालाई मौसमविद् भारी वर्षा भन्छन्।








