अमेरिकी राष्ट्रपति जो बाइडेन कोभिड–१९ बाट संक्रमित भएका छन्।
बिज्ञापन
राष्ट्रपति पदको दौडबाट पछि हटेर अर्कालाई मौका दिन डेमोक्र्याटिक पार्टीबाटै दबाब बढ्दै गएका बेला बाइडेन कोभिडबाट संक्रमित भएका हुन्। कोभिड संक्रमित भएपछि बाइडेनमाथिको यो दबाब अझै बढ्न सक्छ। ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन पियरेका अनुसार अमेरिकी राष्ट्रपतिले कोभिड भ्याक्सिन र बुस्टर डोज लगाइसकेका छन्। राष्ट्रपति बाइडेन उनको डेलावरस्थित आफ्नो घरमा आइसोलेसनमा बस्नेका छन्।
बिज्ञापन
प्रेस सेक्रेटरीका अनुसार बाइडेनलाई यसअघि पनि दुई पटक कोभिड–१९ संक्रमण भएको थियो। कोभिडबाट संक्रमित भएपछि बाइडेनले पनि ट्वीट गर्दै यो जानकारी दिएका छन्। बाइडेन बुधबार लस भेगासमा आफ्ना समर्थकहरूलाई भेट्दै कुरा गरिरहेका थिए। पछि उनले चुनावी भाषण रद्द गरेका थिए।








