होमपेज > एकाएक किन बढ्यो अण्डाकाे मुल्य ?

एकाएक किन बढ्यो अण्डाकाे मुल्य ?

बिज्ञापन
बिज्ञापन

देशभरका कुखुरामा फैलिएको ‘एच ९’ भाइरस संक्रमणका कारण कुखुरा मरेर अण्डा उत्पादन घट्दा पछिल्लो १ महीनामा यसको मूल्य अचाक्ली बढेको छ ।

बिज्ञापन

एक महीना अघिसम्म देशभर दैनिक करीब ५० देखि ५५ लाख गोटा अण्डा उत्पादन हुने गरेकोमा अहिले घटेर २४ देखि २५ लाख हाराहारीमा सीमित भएको नेपाल अण्डा उत्पादक संघका अध्यक्ष प्रवीण केसीले बताए । मागको तुलनामा उत्पादन कम भएपछि अण्डाको भाउ एक्कासि आकाशिएको उनले बताए ।

बिज्ञापन

उनका अनुसार गर्मीयाममा रोगको संक्रमण फैलिएपछि देशभरि करीब १५ लाख लेयर्स कुखुरा मरेका छन् । यसबाट अण्डा उत्पादन प्रभावित भयो । यो रोग लागेपछि कुखुराको अण्डा उत्पादन क्षमतामा पनि ह्रास आउने विज्ञहरू बताउँछन् । महीना दिन अघिसम्म प्रतिक्यारेट ४८० रुपैयाँ रहेको ठूलो अण्डाको खुद्रा मूल्य अहिले ६ सय रुपैयाँ पुगेको छ । मध्यम अण्डाको खुद्रा मूल्य ४६५ रुपैयाँ प्रतिक्यारेटबाट बढेर ५८० रुपैयाँ कायम भएको छ । त्यसैगरी ४५० रुपैयाँ पर्ने सानो अण्डाको मूल्य बढेर प्रतिक्यारेट ५६५ रुपैयाँपुगेको केसीले बताए । एच–९ भाइरसले बर्डफ्लु रोगजस्तो उच्च मृत्युदर नदेखाए पनि कहिलेकहीँ यो भाइरससँगै अन्य रोगको संक्रमण भए फार्मका पूरै कुखुरा मर्छन् । यसरी कुखुरा मरे बर्डफ्लुमा जस्तो राहत क्षतिपूर्ति नपाइने अण्डा उत्पादक किसान बताउँछन् ।

एच–५ बर्डफ्लु भाइरसको संक्रमणले कुखुरा मरे मात्रै राहत पाइने सरकारी नीति छ । पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार एच- ९ भाइरस बर्डफ्लुकै एक प्रजाति हो । विशेष गरी यो अण्डा दिने जातका कुखुरामा यसको संक्रमण फैलिन्छ । यसले कुखुराको प्रजनन क्षमता घटाई अण्डा उत्पादनमा कमी ल्याउँछ । उत्पादन क्षमतामा ह्रास ल्याउने भए पनि बर्डफ्लु जस्तो मान्छेमा नसर्ने भएकाले नेपाल सरकारको संक्रमण रोग निन्त्रण नियमावलीले यस्तो रोगको क्षतिपूर्ति पनि नदिने उनले बताए । यसको रोकथाम तथा नियन्त्रणका लागि नेपालमा हालसम्म खोप दिने गरिएको छैन । खोप प्रयोगमा जाने कि नजाने भन्ने निर्णय सरकारले गरिसकेको छैन ।

बिज्ञापन

तत्कालका लागि किसानले रोकथामका जैविक उपाय अपनाउनुपर्ने विज्ञहरू बताउँछन् । त्यसका लागि सरसफाइमा ध्यान दिने, संक्रमण भएको फार्मबाट अन्य कुखुरालाई जोगाउने गर्नुपर्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते