त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पाँच महिनासम्म दैनिक १० घण्टा बन्द हुने भएको छ ।
बिज्ञापन
धावनमार्ग विस्तारसम्बन्धी निर्माणका लागि उक्त कात्तिकदेखि चैतसम्म राति १० बजेपछि बिहान ८ बजेसम्म उडान बन्द हुने भएको हो । विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाले विमानस्थलको क्षमता विस्तार आयोजनाअन्तर्गत स्तरोन्नतिका लागि आगामी कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म दैनिक १० घण्टा बन्द हुन लागेको बताए।
बिज्ञापन
“विमानस्थलको क्षमता विस्तारका लागि राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थलमा उडान–अवतरण बन्द हुने छ । यसका लागि नेपालमा अन्तर्राष्ट्रिय उडान गर्दै आएका वायुसेवा कम्पनीसँग छलफल गरेर विमानस्थलमा उडान गतिविधि बन्द हुने सूचना जारी भइसकेको छ,” उनले भने । विमानस्थलमा हाल धावनमार्गका दुवैतर्फ नयाँ समानान्तर ट्याक्सी–वे निर्माण भइरहेको छ । ट्याक्सी–वे र धावनमार्ग जोड्ने लिङ्क–वे तथा जहाज पार्किङ एरिया एप्रोनसँग जोड्ने बाटो निर्माण र ह्याङ्गर क्षेत्रतर्फ एरिया विस्तारका लागि विमानस्थल बन्द गर्न लागिएको उनले बताए ।
हाल बिहान ६ बजे खुलेर राति २ बजे बन्द हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन हुँदै आएको छ ।








