होमपेज > झण्डै २० प्रतिशतले बढ्यो रेमिट्यान्स

झण्डै २० प्रतिशतले बढ्यो रेमिट्यान्स

बिज्ञापन
बिज्ञापन

चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा मुलुकमा भित्रने रेमिट्यान्स बढेको छ। नेपाल राष्ट्रबैंकले विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.८ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको जनाएको छ।

बिज्ञापन

आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको तथ्यांकमा आधारित वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्रबैंकले विप्रेषण आप्रवाह १९.८ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ पुगेको जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा १७.७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ जुन अघिल्लो वर्ष १३.९ प्रतिशतले बढेको थियो।

बिज्ञापन

यस अवधिमा वैदेशिक रोजगारीका लागि ३ लाख २९ हजार ४२२ जनाले अन्तिम श्रम स्वीकृति र २ लाख १२ हजार ७२१ जनाले पुनः श्रम स्वीकृति लिएका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ रहेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर १७.८ प्रतिशतले वृद्धि भई ११ खर्ब ७४ अर्ब ५० करोड पुगेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते