होमपेज > नेपाल टेलिकमले गर्‍यो नाै महिनामा ३१ अर्ब रुपैयाँभन्दा बढी आम्दानी

नेपाल टेलिकमले गर्‍यो नाै महिनामा ३१ अर्ब रुपैयाँभन्दा बढी आम्दानी

बिज्ञापन
बिज्ञापन

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८०/०८१ को नाै महिनामा ३१ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । टेलिकमले चैतमसान्तसम्म ३१ अर्ब २० करोड ४८ लाख ५८ हजा र रुपैयाँ आम्दानी गरेको हो ।

बिज्ञापन

टेलिकमको आम्दानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.०३ प्रतिशत अर्थात् दुई अर्ब ३७ लाख सात हजार रुपैयाँले आम्दानी घटेको छ । टेलिकमले सोमबार सार्वजनिक गरेको तेस्रो त्रैमासिक विवरणअनुसार खुद नाफा भने गत वर्षको तुलनामा ३.३६ प्रतिशत बढी छ ।

बिज्ञापन

नौं महिनामा टेलिकमको खुदनाफा पाँच अर्ब ५९ करोड ३७ लाख ६८ हजार रहेको छ । टेलिकमको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिमा पाँच अर्ब ४१ करोड १९ लाख ७४ हजार रुपैयाँ थियो । तेस्रो त्रैमासिकमा कम्पनीको प्रतिसेयर आम्दानी ४१ रुपैयाँ ४४ पैसा रहेको छ । ओटीटी प्लेटफर्मको बढ्दो प्रयोग कारण अन्तरआवद्धता आय ९४ करोड ४९ लाखले घट्दा आम्दानी घटेको टेलिकमले जनाएको छ।

कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा सेवा विस्तार र गुणस्तर सुधार गरिरहँदा लागत बढिरहेको टेलिकमको भनाइ छ । सेवा दररेट परिवर्तन र बैंकको ब्याजदर परिवर्तनलगायतले पनि आम्दानी घटेको टेलिकमले जनाएको छ । यसअवधिमा टेलिकमको सञ्चालन आय गत आवको तुलनामा एक अर्ब ८६ करोड ५३ लाखले घटेर २५ अबै ४८ करोड १२ लाख रुपैयाँ रहेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते