होमपेज > राष्ट्र बैंकले भन्यो– ‘हल्लाको पछि नलागौँ, सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित छ’

राष्ट्र बैंकले भन्यो– ‘हल्लाको पछि नलागौँ, सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित छ’

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताएको छ । केही व्यक्ति तथा समूहले बैंकमा निक्षेप जम्मा गरेका सर्वसाधारणको निक्षेप डुब्न लागेको भन्दै अफवाह फैलाएको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेको हो ।

बिज्ञापन

बैंक तथा वित्तीय संस्थाप्रति आक्रामक बन्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले फागुन १ गते काठमाडौंमा कार्यक्रम आयोजना गरि नामै तोकेर केही बैंकमा रहेको निक्षेप डुब्न लागेको दाबी गरेका थिए । साथै केही बैंक तथा वित्तीय संस्थाका बारेमा नकारात्मक समाचार आएपछि राष्ट्र बैंकले त्यसको खण्डन गर्दै त्यसबारेमा सचेत गराएको हो ।

बिज्ञापन

‘बैंक तथा वित्तीय संस्था सञ्चालनको पछिल्लो अवस्था हेर्दा समग्र बैंकिङ क्षेत्र सक्षम र सबल रहेको र यस बैंकले बैंक तथा वित्तीय संस्थाको कारोबारको नियमित निगरानी गरिरहेकोले सर्वसाधारणको निक्षेप पूर्ण रुपमा सुरक्षित रहेको ब्यहोरा अनुरोध छ ।’ राष्ट्र बैंकले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बैंकिङ जस्तो सम्वेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्न दुुष्प्रचार गर्ने कार्यको पछाडी नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रुपमा बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंक हार्दिक अनुरोध गर्दछ ।’

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते