कुमारी बैंकले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । कुमारी बैंकले ३ लाख १४ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिज्ञापन
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।
बिज्ञापन
तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।








