होमपेज > बुक बिल्डिङमार्फत रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आइपीओ बिक्री गर्दै

बुक बिल्डिङमार्फत रिलायन्स स्पिनिङ मिल्सले आजदेखि आइपीओ बिक्री गर्दै

बिज्ञापन
बिज्ञापन

रिलायन्स स्पिनिङ मिल्सले आज माघ १० गतेदेखि बुक बिल्डिङ विधिमार्फत आइपीओ निष्काशन गर्दैछ । कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई बुक बिल्डिङ विधिबाट शेयर बोलकबोल खुला गर्न लागेको हो। कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुका लागि शेयर निष्काशन गर्न लागेको हो।

बिज्ञापन

कम्पनीले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँबराबरको आइपीओ अनुमति पाएको छ। जसअनुसार कम्पनीले १९ लाख २६ हजार ६०० कित्ता शेयर जारी गर्नेछ।

बिज्ञापन

कम्पनीले कुल कित्तामध्ये ४० प्रतिशतले हुन आउने ७ लाख ७० हजार ६४० कित्ता शेयर पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि बोलकबोल खुला गर्नेछ। बोलकबोलका कम्पनीले प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म प्राइस रेन्ज तोकेको छ। योग्य संस्थागत लगानीकर्ताले सोही प्राइन्स रेन्जभित्र रहेर बोलपत्र पेस गर्नुपर्नेछ। योग्य संस्थागत लगानीकर्ताले बोलपत्र पेस गर्ने अन्तिम मिति माघ १४ गते तोकिएको छ। माघ १५ गते योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त बोलपत्र खुलेर कटअफ प्राइस निकालिनेछ।

सोही कटअफ प्राइसमा १० प्रतिशत छुट दिएर कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्नेछ। रिलायन्स स्पिनिङ मिल्सको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल प्रबन्धक रहेको छ। केयर रेटिङ नेपालले रिलायन्स स्पिनिङ मिल्सलाई केयर एनपी सिंगल ए माइनस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीसँग समयमै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको संकेत गर्छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते