होमपेज > आइएमई लाइफले माग्यो ७ वटै प्रदेशका लागि कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता?

आइएमई लाइफले माग्यो ७ वटै प्रदेशका लागि कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता?

बिज्ञापन
बिज्ञापन

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ७ वटै प्रदेश शाखा कार्यालहरुका लागि ब्रान्च म्यानेजर र ब्रान्च सपोर्ट असोसियट पदका लागि कर्मचारी माग गरेको हो ।

बिज्ञापन

कम्पनीले कोशी प्रदेश अन्तर्गत बसन्तपुर,बुधबारे,गौरादह र सोलुखुम्बु शाखा कार्यालय,मधेश प्रदेश अन्तर्गत बर्दिबास,चन्द्रपुर र जलेश्वर, बाग्मति प्रदेश अन्तर्गत चौतारा,धार्के,गैँडाकोट,कपन,पनौति,फार्पिङ र सुन्दरीसजल ,गण्डकी प्रदेश अन्तर्गत चामे र गलकोट ,लुम्बिनी प्रदेश अन्तर्गत लमही सन्धीखर्क र रामपुर (पाल्पा),कर्णाली प्रदेश अन्तर्गत डोल्पा,हुम्ला,कालिकोट र मेहकुना र सुदुरपश्चिम प्रदेश अन्तर्गत कोल्टी भुरीगाँउ र राजापुर शाखा कार्यालयहरुका लागि ब्रान्च म्यानेजर पदका लागि कर्मचारी मागेको हो ।

बिज्ञापन

यो पदका लागि स्नातक गरेको हुनुपर्नेछ र इच्छुक आवेदकले जीवन बीमाको बिक्री,बैंकिङ,लघुवित्त र सहकारीमा काम गरेको अनुभव हुनुपर्नेछ । यो पदका लागि आवेदकको उमेरको २३ देखि ३५ वर्षको हुनुपर्नेछ ।

त्यस्तै ब्रान्च सपोट(अप्रेशनल) असोसियट पदका लागि बीमा क्षेत्रमा कम्तिमा ६ महिना काम गरेको अनुभव हुनुपर्नेछ । यो पदका लागि आवेदकको उमेर २८ वर्ष नकटेको हुनुपर्नेछ । इच्छुक आवेदकले आगामी माघ १७ गतेसम्म आवेदन दिनुपर्नेछ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते