आफूलाई ‘लिटल बुद्ध’ दाबी गर्दै आएका रामबहादुर बम्जनका लागि पाँच करोड रुपैयाँ पर्ने ल्यान्ड क्रुजर एक्सएल गाडी खरिदको प्रक्रियामा रहेको पाइएको छ ।
बिज्ञापन
उक्त गाडी किन्नका लागि ललितपुरको बुङ्मती बस्ने पनित महर्जनको नाममा धुम्बाराहीस्थित एक शोरुममा पाँच करोड रुपैयाँको ‘बुक’ भएको पाइएको प्रहरीले जनाएको छ । पाँच करोडमध्ये तीन करोड रुपैयाँ बुझाइसकिएको पाइएको प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीले बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
बिज्ञापन
सीआईबीका अनुसार उनले पछिल्लोपटक प्रदेश–३–०१ ०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्च्युनर कार चढ्ने गरेका थिए । यस्तै बम्जनले फायर बाइक, यामाहा रे जेडआर स्कूटर समेत ४ वटा मोटरसाइकल पनि प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । यसैबीच प्रहरीले पत्रकार सम्मेलनमा बम्जनसहित उनले चढ्ने गाडी पनि सार्वजनिक गरेको छ ।









