कैलालीमा लागुऔषधसहित नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् । प्रहरीको धनगढी गणमा कार्यरत प्रहरी सहायक हवल्दार विष्णु चौधरीलाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।
बिज्ञापन
उनी प्रहरी गणमा सवारी चालकका रुपमा समेत कार्यरत थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)कुलदिप चन्दकाअनुसार उनको साथबाट २० ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ ।
बिज्ञापन
उनीसँग जोडिएका अन्य व्यक्तिलाई पक्राउ गरेपछि विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।








