धनुषा । जनकपुरबाट चोरी भएको बस सिराहाको गोलबजारमा भेटिएको छ ।
बिज्ञापन
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोलबजार नगरपालिका ७ मा पार्किङ गरेको अवस्थामा ना४ख २३२७ नम्बरको नवदुर्गा ट्राभल्स बस भेटिएको हो । जनकपुर भिठामोड चल्ने बस सोमबार जनकपुरधामको बस स्टेण्डमा पार्किङ गरी राखिएको थियो ।
बिज्ञापन
तर, मंगलबार ४ बजे हेर्न जाँदा बस नरहेको देखेपछि बस धनी महोत्तरीको पिपरा गाउँपालिका ३ का कालिन्द्र मिश्रले प्रहरीमा उजुरी दिएका थिए ।प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








