होमपेज > सिटिजन्स बैंकका पूर्व अध्यक्ष गौतम नेपाल बैंकर्स संघबाट सम्मानित

सिटिजन्स बैंकका पूर्व अध्यक्ष गौतम नेपाल बैंकर्स संघबाट सम्मानित

बिज्ञापन
बिज्ञापन

नेपाल बैंकर्स संघको ३७औं बार्षिक साधारण सभाबाट सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित भएका छन् । शनिवार चितवनमा आयोजित संघको ३७औं बार्षिक साधारण सभामा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको समुपस्थितिमा गौतमले सिटिजन्स बैंकको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाको विभिन्न ओहोदामा बसेर आर्थिक सामाजिक क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो ।

बिज्ञापन

गौतमले संयुक्त राष्ट्र संघको सहायक महासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालको लागि शान्ति प्रक्रिया तथा अन्र्तराष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहाकार, विश्व बैंक दक्षिण एसियाको खाद्य तथा पोषण सुरक्षा पहलका सल्लाहाकार, सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुको विभिन्न ओहोदामा आवद्द भई गरिबी निवारण, शान्ति प्रक्रिया निर्माण विश्व स्वास्थ्य, आधारभूत शिक्षा कुटनैतिक तथा बैंकिङ्ग क्षेत्र र समस्त अर्थतन्त्रको विकासका लागि विगत पाँच दशक भन्दा बढी अनवरत रुपमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् ।

बिज्ञापन

गौतम सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षको रुपमा मिति २०६७/०१/१७ देखि मिति २०६८/०६/२८ सम्म रहेका थिए । नेपाल बैंकर्स संघ जस्तो गरिमामय संस्थाबाट बैंकका पूर्व अध्यक्ष सम्मानित भएकोमा सिटिजन्स बैंकले गर्व महशुस गरेको छ । साथै गौतमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

यस अघि नै सोही संस्थाको ३५औं वार्षिक साधारण सभाबाट सन् २०२१ मा यस बैंकका पूर्व अध्यक्ष डा. शंकर शर्मा जो हाल नेपालको तर्फबाट भारतका लागि राजदूत रहेका छन उनी समेत सम्मानित भई सकेका छन् ।

बिज्ञापन

डा. शर्मा तथा गौतम जस्ता सम्मानित व्यक्तित्वबाट नेतृत्वप्राप्त गरिसकेको सिटिजन्स बैंकले १६ वर्ष पुरा गरि १७औं वर्षमा सर्वसाधारणलाई सर्वसुलभ बैंकिङ्ग सेवा पुर्याउँदै आइरहेको छ ।

बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८६ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते