होमपेज > एनसेलले प्राधिकरणलाई अझै बुझाएन् सेयर खरिद-बिक्री सम्झौताको कागजात

एनसेलले प्राधिकरणलाई अझै बुझाएन् सेयर खरिद-बिक्री सम्झौताको कागजात

बिज्ञापन
बिज्ञापन

कानुनी रूपमा पूर्वस्वीकृति नलिई सेयर स्वामित्व खरिद–बिक्री गरिएको विषयमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियटालाई स्पष्टीकरण मागेपछि एनसेलले स्वीकृतिका लागि यथाशीघ्र उपलब्ध गराउने भनेको कागजपत्रका विषयमा प्राधिकरणले पुनः ताकेता गरेको छ।

बिज्ञापन

नेपालको दूरसञ्चार नियामक र प्रत्यक्ष विदेशी लगानीसम्बन्धी सरोकार राख्ने कुनै पनि निकायलाई खबरै नगरी मंसिर १५ मा बेलायतको स्पेक्ट्रलाइट यूकेलाई आफ्नो हिस्सामा रहेको ८० प्रतिशत सेयर बेचेको घोषणा गरेको थियो ।

बिज्ञापन

अनुमतिबगेर नै सेयर खरिद सम्झौता गरेको झन्डै दुई साता बितिसक्दा पनि एनसेलले यसअघि दूरसञ्चार प्राधिकरणलाई लेखेको पत्रमा उल्लेख गरेबमोजिम नियामकीय निकायहरूलाई कुनै दस्ताबेज उपलब्ध गराएको छैन । ‘ (मंसिर २५) हामीले सम्झौता पत्रलगायत डकुमेन्ट दिन एनसेललाई चिठी लेखेका छौं,’ प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले भने, ‘चिठी पठाइसकेका छौं । अघिल्लो पत्रमा एनसेलले स्वीकृति माग गर्न आउँछौं, कागजपत्र पनि बुझाउँछौं भनेको थियो तर अहिलेसम्म कुनै डकुमेन्ट प्राप्त भएको छैन ।’

मंसिर १३ मा मलेसियाको आजियटा बर्दाह समूहले नेपालमा विदेशी लगानीका लागि राम्रो वातावरण नभएकाले बाहिरिने भन्दै एनसेलमा रहेको आफ्नो सम्पूर्ण सेयर बिक्रीका लागि राखिएको घोषणा गरेको थियो । सेयर बिक्रीका विषयमा नियामक दूरसञ्चार प्राधिकरणसँग पूर्वस्वीकृति लिनुपर्ने कानुनी व्यवस्थाबारे भनी स्मरण गराउँदै प्राधिकरणले मंसिर १४ मा एनसेल आजियटलाई पत्र काटेको थियो । आजियटाले भने त्यसको भोलिपल्टै स्पेक्ट्रलाइटलाई ५ करोड अमेरिकी डलर (६ अर्ब ६५ करोड रुपैयाँ) सहित अन्य विभिन्न सर्तमा सेयर बेचेको भन्दै विज्ञप्ति जारी गरेको थियो।

बिज्ञापन

खरिदकर्ता स्पेक्ट्रलाइटले एनसेलको ग्लोबल आईएमई, स्ट्यान्डर्ड चार्टर्ड र एनआईबीएलमा गरी २७ अर्ब ऋण सकार्दै सन् २०२९ सम्म सर्तसहितको सम्झौताअनुरूप झन्डै १० अर्ब रुपैयाँ हाराहारीमा आजियटालाई लाभांश बुझाउने पनि सहमति गरेको विज्ञप्तिमा उल्लेख छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते