होमपेज > खुम्चिँदै निर्जीवन बीमा कम्पनीको व्यवसाय

खुम्चिँदै निर्जीवन बीमा कम्पनीको व्यवसाय

बिज्ञापन
बिज्ञापन

मुलुकमा सञ्चालित निर्जीवन बिमा कम्पनीहरूको व्यवसायमा सङ्कुचन आइरहेको छ । निर्जीवन बिमा कम्पनीहरूले कात्तिकमा दुई अर्ब २८ करोड रुपियाँको हाराहारीमा कुल बिमा शुल्क आर्जन गरेका छन् ।

बिज्ञापन

नियामक निकाय नेपाल बिमा प्राधिकरणले प्रकाशित गरेको निर्जीवन बिमा कम्पनीहरूको कात्तिकको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा सङ्कलित बिमा शुल्कभन्दा २३ करोड १२ लाख ६८ हजार रुपियाँ कम अर्थात् ९.१९ प्रतिशत कम बिमा शुल्क उठेको हो ।

बिज्ञापन

यो बिमा शुल्क सङ्कलन चालु आवकै असोजको तुलनामा पनि एक अर्ब सात करोड रुपियाँ अर्थात् ३२.०१ प्रतिशतले कमी हो । असोज महिनामा निर्जीवन बिमा कम्पनीहरूले तीन अर्ब ३६ करोड छ लाख रुपियाँ बिमा शुल्क सङ्कलन गरेका थिए ।

कम्पनीहरूको बिमाङ्क रकममा पनि उच्च गिरावट आएको छ । कात्तिकमा कम्पनीहरूको बिमाङ्क रकम पाँच खर्ब ४८ अर्ब ८९ करोड ६० लाख रुपियाँ रहेको छ । जुन अघिल्लो महिनाकै तुलना गरेर हेर्दा झन्डै चार खर्बले कमी हो । अघिल्लो महिना नौ खर्ब २९ अर्ब ६९ करोड सात लाख रुपियाँ रहेको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते