होमपेज > नेपाल राष्ट्र बैंकको पहिलो त्रैमासिक मौद्रिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)

नेपाल राष्ट्र बैंकको पहिलो त्रैमासिक मौद्रिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)

बिज्ञापन
बिज्ञापन

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । आज शुक्रबार सार्वजनिक भएको समिक्षा मार्फत राष्ट्र बैंकले सेयर धितोमा जाने ठूला कर्जाको जोखिमभार घटाएको छ । सो अनुसार ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिमभार एक सय २५ प्रतिशत कायम गरिएको छ । यसअघि यस्तो जोखिमभभार एक सय ५० प्रतिशत थियो । यसैगरी मौद्रिक नीतिले ५० लाख मुनिको सेयर धितो कर्जाको जोखिमभार भने एक सय प्रतिशत कायम छ ।

बिज्ञापन

राष्ट्र बैकका अनुसार सेयर धितो कर्जामा जोखिम भार घटाएर सेयर बजारलाई चलायमान बनाउने उदे्श्य मौद्रिक नीतिले लिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत घरजग्गाको जोखिम भार पनि एक सय २५ प्रतिशतमा झारेको छ । यसैगरी रराष्ट्र बैंकले नीतिगत दर र बैंक दर दुबै घटाएको हो । बैंक दरलाई सात दशमलव पाँच प्रतिशतबाट घटाएर सात प्रतिशत र नीतिगत दरलाई छ दशमलव पाँच प्रतिशतबाट घटाएर पाँच दशमलव पाँच प्रतिशत भारेको छ ।

बिज्ञापन

निक्षेप संकलन बोलकबोल दरलाई चार दशमलव पाँच प्रतिशतबाट घटाएर तीन प्रतिशतमा झारेको छ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी व्यवस्थालाई भने मौद्रिक नीतिले यथावत राखेको छ । विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई ध्यानमा राखेर मौद्रिक नीतिको समिक्षा मार्फत मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो बनाएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ६० प्रतिशत पुर्याएको छ । यो व्यवस्थाले निर्माण क्षेत्र चलायमान हुने राष्ट्र बैंकको भनाई छ । यसैगरी मौद्रिक नीतिले २०८० कात्तिकमा जाजरकोटमा गएको भुकम्पले क्षतिग्रस्त घरहरुलाई कर्जा सुविधाको ब्यवस्था गरेको छ । सो अनुसार २५ लाख रुपैयाँसम्मको आवासीय घरकर्जामा आधार दरमा दुई प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम लिन नपाउने ब्यवस्था गरेको हो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते