आज तिहारपछिको पहिलो कारोबार दिन सामान्य अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ३९ अंकले बढेर १,८५३ दशमलव ४८ को विन्दुमा कायम भएको छ ।
बिज्ञापन
आज ११९ कम्पनीको शेयर मुल्य बढेको छ भने ११३ कम्पनीको शेयर मुल्य घटेको छ । आज २८४ कम्पनीको ३३ लाख १९ हजार ५५८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटल्सको ६ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बिज्ञापन
आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन्। कर्णाली डेभलपमेन्ट बैंकका लगानकिर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । समाज लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, शाहस उर्जा लिमिटेडको ७.७५ प्रतिशत, हाथवे इन्भेष्टमेन्टको ३८३ प्रतिशतले शेयरमूल्य बढेको छ । आज सबैभनदा धेरै फरवार्ड माइक्रोफाइनान्स कम्पनी र सयपत्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । त्यस्तै, हिमालयन डिस्टिलरीको ७ प्रतिशत, पिपल्स हाइड्रोपावरको ५.३३ प्रतिशत, माउन्टेन इनर्जि नेपाल लगायत ११३ कम्पनीहरुको शेयरमूल्य घटेको छ ।








