होमपेज > वाणिज्य बैंकहरुको शेयर धितो कर्जामा वृद्धि: अग्रस्थानमा नबिल बैंक, अन्यको अवस्था कस्तो? हेर्नुहोस्

वाणिज्य बैंकहरुको शेयर धितो कर्जामा वृद्धि: अग्रस्थानमा नबिल बैंक, अन्यको अवस्था कस्तो? हेर्नुहोस्

बिज्ञापन
बिज्ञापन

वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ खर्ब रुपैयाँभन्दा बढी सेयर धितो कर्जा (शेयर लोन) प्रवाह गरेका छन्।

बिज्ञापन

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २० मध्ये १९ वाणिज्य बैंकबाट उक्त अवधिसम्म कुल १ खर्ब १ अर्ब ६० करोड ७० लाख रुपैयाँ बराबरको सेयर लोन प्रवाह भएको हो। अघिल्लो आर्थिक वर्षको यही अवधिमा यो आँकडा ६७ अर्ब ५२ करोड ४९ लाख रुपैयाँ थियो। यस वर्ष सेयर लोनको माग अघिल्लो वर्षको तुलनामा ५०.४७ प्रतिशतले वृद्धि भएको देखिन्छ।

बिज्ञापन

सेयर बजारमा लगानीकर्ताको चासो बढेसँगै सेयर धितो कर्जाको माग पनि उल्लेख्य रूपमा बढेको छ। १७ वटा वाणिज्य बैंकहरूले अघिल्लो वर्षको तुलनामा यस वर्ष शेयर लोन प्रवाह बढाएका छन् । २ वटाको प्रवाह घटेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने सेयर धितो कर्जा प्रवाह गरेको छैन।

यो अवधिमा सबैभन्दा धेरै शेयर लोन प्रवाह गर्ने वाणिज्य बैंकमा नबिल बैंक रहेको छ। बैंकले यो अवधिसम्म १४ अर्ब ५० करोड ७१ लाख रुपैयाँ शेयर लोन प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २४.९२ प्रतिशतले बढी हो। दोस्रोमा ग्लोबल आइएमई बैंकले ११ अर्ब ६५ करोड ५७ लाख रुपैयाँ सेयर लोन प्रवाह गरेको छ, जसमा ६८.२४ प्रतिशतको वृद्धि देखिएको छ। तेस्रो स्थानमा रहेको कुमारी बैंकले ९ अर्ब १३ करोड ९४ लाख रुपैयाँ शेयर लोन प्रवाह गर्दै अघिल्लो वर्षको तुलनामा १२७.५२ प्रतिशतको तीव्र वृद्धि गरेको छ।

बिज्ञापन

सिद्धार्थ बैंकबाट ८ अर्ब ५२ करोड ३७ लाख रुपैयाँ, नेपाल बैंकबाट ७ अर्ब ८२ करोड ६४ लाख रुपैयाँ, प्राइम कमर्सिल बैंकबाट ७ अर्ब ७८ करोड ७१ लाख रुपैयाँ, सिटिजन्स बैंकबाट ६ अर्ब ८५ करोड १ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकबाट ५ अर्ब २१ करोड ३८ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट ४ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ सेयर लोन गएको छ। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा सिद्धार्थको सेयर लोन प्रवाह ५४.९९ प्रतिशत, नेपाल बैंकको ४३.६८ प्रतिशत, प्राइमको ८७.८८ प्रतिशत, सिटिजन्सको ५४.५१ प्रतिशत, लक्ष्मी सनराइजको ६०.७४ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको १७.२७ प्रतिशतले बढेको छ।

प्रभु बैंकबाट ४ अर्ब ६५ करोड २१ लाख रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकबाट ३ अर्ब २२ करोड ८९ लाख रुपैयाँ, कृषि विकास बैंकबाट ३ अर्ब ३ करोड ७४ लाख रुपैयाँ, एभरेस्ट बैंकबाट २ अर्ब ७७ करोड ५३ लाख रुपैयाँ र सानिमा बैंकबाट २ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ सेयर लोन गएको छ। अघिल्लो वर्षको सेयर लोन प्रवाह प्रभु बैंकको ४४।६९ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५८.८१ प्रतिशत, कृषि विकास बैंकको १३६.५७ प्रतिशत, एभरेस्ट बैंकको ३५.४४ प्रतिशत र सानिमा बैंकको ५१.१२ प्रतिशतले बढेको छ।

चैत मसान्तसम्म केही बैंकहरूको सेयर लोन प्रवाहमा गिरावट पनि देखिएको छ। एनआईसी एसिया बैंक र हिमालयन बैंकको सेयर लोन अघिल्लो वर्षको तुलनामा क्रमशः ४१.७२ प्रतिशत र ०.७४ प्रतिशतले घटेको हो। यद्यपि एनएमबि बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकले भने सेयर लोन उल्लेख्य दरले वृद्धि गरेका छन्। नेपाल एसबीआई बैंकको सेयर लोन प्रवाहमा सबैभन्दा बढी, अर्थात् ३८८.३२ प्रतिशतको वृद्धि भएको छ।

सेयर धितो कर्जामा यस्तो तीव्र वृद्धि हुनुले शेयर बजारप्रतिको लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते