होमपेज > एनएलजी इन्स्याेरेन्सले बोलायो विशेष साधारणसभा

एनएलजी इन्स्याेरेन्सले बोलायो विशेष साधारणसभा

बिज्ञापन
बिज्ञापन

एनएलजी इन्स्याेरेन्सको १५ साउनमा बस्नेगरी विशेष साधारणसभा बाेलाएकाे छ । कम्पनीले हाल कायम चुक्ता पुँजीमा ६६ प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव सभामा पेस गर्नेछ ।

बिज्ञापन

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । उक्त पुँजीमा ६६ प्रतिशत हकप्रद सेयर जारी गरी चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख ९७ हजार ८१२ रुपैयाँ पुर्‍याउने प्रस्ताव सभामा पेस हुनेछ। हकप्रद सेयर जारीपश्चात पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।

बिज्ञापन

विशेष सभा साउन १५ गते आम्रपाली ब्यांकेट, बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । विशेष सभा प्रयोजनका लागि साउन ८ गते बुक क्लोज हुनेछ । साउन ७ गतेसम्म कायम रहने सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

एनएलजीलाई हकप्रद सेयर बिक्री गर्न नियामक नेपाल बिमा प्राधिकरणले अनुमति दिइसकेको छ । अब सभामार्फत प्रस्ताव परित गरी अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने हुन्छ ।

बिज्ञापन

बोर्डले पनि अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुनेछ । कम्पनीले नियामकले तोकेको २ अर्ब ५० करोड रुपैयाँ पुँजी पुर्याउन हकप्रद सेयर बिक्री गर्न लागेको हो । हकप्रद बिक्रीपछि अपुग हुने पुँजी बोनस सेयरमार्फत पुर्याउने देखिन्छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते