होमपेज > बजार मूल्य नपाएको भन्दै कालीमाटीको सडकमा किसानले फाले गोलभेँडा (भिडियोसहित)

बजार मूल्य नपाएको भन्दै कालीमाटीको सडकमा किसानले फाले गोलभेँडा (भिडियोसहित)

बिज्ञापन
बिज्ञापन

कालिमाटी तरकारी बजारमा टमाटर फ्याकेर विरोध गरिएको छ। उचित बजार मूल्य नपाएको भन्दै आज आइतबार कालिमाटी तरकारी बजारका व्यापारीहरुले गोलभेंडा सडकमा फ्याकेका हुन् ।

बिज्ञापन

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेको बताए ।

बिज्ञापन

कालिमाटी थोक तथा खुद्रा बजार समितिले आइतबार बिहान करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेर ‘गोलभेंडा होलिडे’ गरिएको जनाएको छ । समितिका अध्यक्ष गीता आचार्यले किसानले गोलभेंडा फ्याँकेको बताए । ‘बजार मूल्य नपाएपछि किसानले गोलभेंडा फ्याकेका हुन् । करिब ३० हजार किलो गोलभेंडा कालिमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ,’ आचार्यले भने, ‘रामकोट, नागार्जुन, थानकोट लगायतका क्षेत्रमा फलेका गोलभेंडा फ्याँकिएको छ ।’

बिज्ञापन

तर, किसानहरुले यति धेरै गोलभेंडा लिएर बजारसम्म नआउने भएकाले गोलभेंडा किसानले नै फ्याँकेको दाबी भने शंकास्पद छ । कालिमाटी तरकारी बजारकै केही व्यापारीहरुले भने तरकारी फ्याँक्ने कार्य बिचौलियाबाट मूल्य बढाउने उद्देश्यले गरिएको दाबी गरेका छन् ।

कालिमाटीकै तरकारी व्यवसायी सामर्थ्य ढुंगानाले भने करिब ५ हजार किसानको उत्पादन आइतबार नष्ट गरिएको दाबी गरे । ‘किलोमा ४ रुपैयाँ पनि गोलभेंडा नबिकेपछि नष्ट गरिएको हो, पहिले चितवनमा भयो अहिले काठमाडौंमा,’ उनले भने, ‘नेपालमा फलेको गोलभेंडा बिक्री गर्नै सकिएन ।’

कालिमाटी बजार बिकास समितिले आइतबारका लागि टनेल सानो गोलभेंडाको थोक बिक्री मूल्य ८ रुपैयाँ प्रतिकिलो तोकेको छ । तर,काठमाडौंमा खुद्रा बजारमा प्रतिकिलो ३० रुपैयाँसम्म गोलभेंडा बिक्री भइरहेको छ ।

हेर्नुहोस् यो भिडियो पनि:

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते