होमपेज > उदयपुर सिमेन्ट उद्योगको ३६ करोड विद्युत महसुल बक्यौता, काटियो लाइन

उदयपुर सिमेन्ट उद्योगको ३६ करोड विद्युत महसुल बक्यौता, काटियो लाइन

बिज्ञापन
बिज्ञापन

नेपाल विद्युत् प्राधिकरणले सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको लाइन काटिदिएको छ । प्राधिकरणको उदयपुर वितरण केन्द्र प्रमुख विजयकुमार खत्रीका अनुसार ३६ करोड बक्यौता नतिरेपछि आइतबार उद्योगको लाइन काटिदिएको हो ।

बिज्ञापन

‘विभिन्न समयको करिब ३६ करोड बक्यौता थियो । रकम भुक्तानी गर्न साताअघि नै पत्र पठाएका थियौं । समयमै भुक्तानी नगर्दा आइतबारदेखि लाइन काटेका छौ,’ उनले भने । २०७६ सालदेखिकै बक्यौता राखेको उद्योगले पछिल्ला चार महिनामा भुक्तानी नै बन्द गरेको भन्दै गत पुसमा पनि पत्र काटेको थियो ।

बिज्ञापन

तत्काल भुक्तानी नगरे प्राधिकरणले लाइन काट्ने चेतावनी दिएको थियो । मिटर रिडिङ गरेको ६०औं दिनसम्म महसुल नबुझाएमा बिनासूचना जुनसुकै समयमा लाइन काटिने पत्र पठाइएको थियो । त्यसपश्चात सिमेन्ट उद्योगले करिब ६ अर्ब भुत्तानी गरेको थियो । पछिल्लो समय पनि भुक्तानी रोकेपछि साताअघि फेरि पत्र काटेको थियो । ‘त्यसबेला बक्यौता रकम ४२ करोड थियो । बक्यौता रकम केही घटाए पनि ३६ करोड बाँकी भएकाले काट्ने निर्णय गरेका छौं,’ प्रमुख खत्रीले भने ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते