होमपेज > कारोबारको पहिलो दिन दोहोरो अङ्कले घट्यो नेप्से

कारोबारको पहिलो दिन दोहोरो अङ्कले घट्यो नेप्से

बिज्ञापन
बिज्ञापन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव ९६ अङ्कले ओरालो लागेर एक हजार आठ सय २१ दशमलब ६४ मा सीमित भएको छ ।

बिज्ञापन

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ५२ अङ्कले ओरालो लागेर तीन सय ४९ दशमलब ५८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ वटै उपसमूहमध्ये एक उपसमूहको शेयर मूल्यमा सामान्य वृद्धि भएको छ, भने १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । कूल २७ लाख ८८ हजार आठ सय १५ कित्ता शेयर रु ९० करोड पाँच लाख ६३ हजार आठ सय ५६ मा कारोबार भयो ।

बिज्ञापन

कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ३५ लाख ७५ हजार सात सय ८१ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु चार करोड ५९ लाख ६९ हजार एक सय ८९, एनआइसी एशिया बैंक रु चार करोड ५७ लाख ५४ हजार सात सय चार, शिवम् सिमेन्ट रु तीन करोड ६० लाख ७१ हजार पाँच सय ९० र नबिल बैंक रु तीन करोड सात लाख ९० हजार आठ सय एक बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार ओरालो लागेको बजारमा आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । नागरिक लगानी कोष तीन दशमलव ९३, मिथिला लघुवित्त तीन दशमलब ८६, बाराही हाइड्रोपावर तीन दशमलब ७८ र स्वाभिमान लघुवित्तको शेयर मूल्य तीन दशमलब शून्य पाँच प्रतिशतले बढेको छ ।

बिज्ञापन

यस्तै, राष्ट्र उत्थान लघुवित्त छ दशमलव ३७, दोर्दीखोला जलविद्युत् पाँच दशमलव ९२, हिमालयन ऊर्जा विकास कम्पनी पाँच दशमलब ७०, श्वेतगङ्गा हाइड्रोपावर पाँच दशमलब २३ र कृषि विकास बैंकको शेयर मूल्य पाँच दशमलव शून्य दुई प्रतिशतले घटेको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते