नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। भारतबाट आयात मूल्यमा कमी आएपछि निगमले बुधबार राति १२ बजेबाट लागू हुनेगरी नयाँ मूल्य दर सार्वजनिक गरेको हो।
बिज्ञापन
भारतबाट पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ५६ पैसा र डिजेलमा २५ पैसाले कमी आएको निगमले जनाएको छ। सोही अनुसार निगमले पेट्रोलको खुद्रा मूल्यमा प्रति लिटर २ रुपैयाँले घटाएको हो।
बिज्ञापन
मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा मूल्य प्रति लिटर १५९ रुपैयाँ कायम भएको छ। डिजेल र मट्टितेलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।








