नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक आज १९.४३ अंकले घटेर २५२८.१६ बिन्दुमा कायम भएको छ। मंगलबारको कारोबारमा बजारमा समग्र रुपमा नकारात्मक प्रभाव देखिएको हो। आज ३१७ कम्पनीका ७४ लाख ८८ हजार २७३ कित्ता शेयर खरिद–बिक्री हुँदै ३ अर्ब ३६ करोड ५१ लाख ९८ हजार २६२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
बिज्ञापन
म्युचुअल फन्ड, अन्य र ट्रेडिङ समूह बाहेक सबै क्षेत्रको शेयर मूल्य घटेको छ। लगानीकर्तामाझ सावधानीपूर्ण व्यापारिक माहोल देखिएको छ। बजारमा आज शुभम पावर र ग्रामीण विकास लघुवित्तका शेयरमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्तको शेयरमा नकारात्मक सर्किट लागेको नेप्से स्रोतले जनाएको छ।
बिज्ञापन
आजको कारोबारमा सबैभन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनीको ३२ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसपछि हिमालयन रिइन्सुरेन्स कम्पनीको १६ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। विश्लेषकहरूका अनुसार पछिल्ला दिनमा तरलता, नीतिगत अनिश्चितता र लगानीकर्ताको मनोबल घट्दै जाँदा बजारमा उतारचढाव बढेको देखिएको छ।








