बिज्ञापन
गरिमा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बिज्ञापन
सोमबार, २०७८ आश्विन २७ गते दिउँसो ३:३० बजे बसेको सञ्चालक समितिको ३३४औँ बैठकले हाल कायम चुक्ता पूँजीमा आधारित रही ६ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसहित ४.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभापछि वितरण
बिज्ञापन
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी उन्नाइसौँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिने छ।
हाल विकास बैंकको चुक्ता पूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ ५७ पैसा रहेको छ। प्रस्तावित बोनस शेयर वितरणपछि चुक्ता पूँजी ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा पुग्नेछ।
काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले हालसम्म १२५ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएम मार्फत ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।








