बिज्ञापन
इजरायली सेनाले हमासद्वारा अपहरणमा परेका नेपाली नागरिक विपिन जोशी जीवित नरहेको पुष्टि गरेको छ। इजरायली सेनाले आइतबार इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र विपिन जोशीका परिवारसँग भिडियो कन्फ्रेन्समार्फत उनको मृत्युबारे जानकारी गराएको हो।
बिज्ञापन
राजदूत पण्डितका अनुसार, इजरायली पक्षले विपिन जोशी जीवित नरहेको औपचारिक रूपमा सूचित गरेको छ, तर उनको शवको अवस्थाबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन। गत वर्ष अक्टोबरमा हमासले इजरायलमाथि गरेको आक्रमणका क्रममा नेपालका दश विद्यार्थीमध्ये विपिन जोशी अपहरणमा परेका थिए। उनी अन्य नौ जनासँग इस्रायलको कृषि प्रशिक्षण कार्यक्रममा सहभागी हुन पुगेका थिए।
यसैबीच, इजरायल–हमासबीच भएको युद्धविराम सम्झौता अन्तर्गत आज २० जना जीवित बन्धकहरू रिहा हुने भएका छन्। टाइम्स अफ इजरायलका अनुसार, बन्धक रिहाइको तयारीसँगै सीमाक्षेत्रमा परिवारजन र सर्वसाधारणको भीड बढेको छ।
बिज्ञापन
हमासको सैन्य शाखाले आज रिहा गर्न लागेका २० जना जीवित बन्धकहरूको नामसूची सार्वजनिक गरेको छ। तर उक्त सूचीमा नेपालका विपिन जोशी र इजरायली सैनिक तामिर निम्रोडीका नाम समावेश छैनन्। पहिले कतिपय स्रोतले दुवै जीवित रहेको दाबी गरेका थिए, तर रिहाइ सूचीमा नाम नआएपछि विपिनको अवस्थाबारेको अन्योल अन्त्य भएको छ।








