काठमाडौंको बानेश्वरमा भएको राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दीपक श्रेष्ठ र नरेशकुमार यादव छन्।
बिज्ञापन
उनीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। उनीहरूले पनि त्यस लुटपाटमा कोको संलग्न रहेको भन्ने जानकारी नभएको प्रहरीसँग भनेका छन् । गत भदौ २४ गते भएको प्रदर्शनमा निजी सार्वजनिक सम्पत्ति लुटपाट तथा तोडफोड भएको थियो ।
बिज्ञापन
सो दिन साँझ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा पनि तोडफोड आगजनी भएको थियो। नेपाली सेनाले यसअघि सुरूवाती दिनमा पाँच जनालाई बैंकमा लुटपाट गर्न खोजेको आशंकामा नियन्त्रणमा लिएको थियो।








