नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध एकैदिन ७७ जिल्लामा किटानी जाहेरी दिएको छ।
बिज्ञापन
अनेरास्ववियुका उपाध्यक्ष अञ्जना सिवाकोटीका अनुसार सबै जिल्ला समितिहरूले आज एकै दिन नजिकको प्रहरी कार्यालयमा गएर जाहेरी दिएका हुन् । केही समितिले आफ्नै तरिकाले जाहेरी दिएका छन् भने अधिकांशले एउटै व्यहोरामा जाहेरी दिएका छन् ।
बिज्ञापन
बालेन शाहको योजनामा जेनजी आन्दोलनका बेला आगजनीको घटना घटाइएको र सुदन गुरुङका समूहको सक्रियता रहेको जाहेरीमा आरोप लगाइएको छ ।








