नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार सुनको मूल्य प्रतितोला २ हजार ६०० रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।
बिज्ञापन
मंगलबार प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँ मा कारोबार भएको सुन आज पुनः नयाँ कीर्तिमानमा पुगेको हो । यो हालसम्मकै सर्वाधिक मूल्य हो ।
बिज्ञापन
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको वृद्धि र अमेरिकी डलरको दरमा आएको उतार–चढावका कारण नेपाली बजारमा समेत मूल्य बढेको हो ।
त्यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । मंगलबार प्रतितोला २ हजार ९६० रुपैयाँ मा कारोबार भएको चाँदी बुधबार ५ रुपैयाँ घटेर २ हजार ९५५ रुपैयाँ मा पुगेको छ ।








