होमपेज > “महालक्ष्मी विकास बैंकद्धारा वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई लक्षित गर्दै नव उद्यम कर्जा सञ्चालनमा”

“महालक्ष्मी विकास बैंकद्धारा वैदेशिक रोजगारबाट फर्किएका नेपालीलाई लक्षित गर्दै नव उद्यम कर्जा सञ्चालनमा”

बिज्ञापन
बिज्ञापन

महालक्ष्मी विकास बैंकद्धारा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई सफल उद्यमी बनाउने उद्धेश्यका साथ आकर्षक ब्याजदरमा नव उद्यम कर्जा सञ्चालनमा ल्याएको छ । वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुसँग व्यवसाय सञ्चालन गर्न आवश्यक सीप, अनुभव र केही रकम बचत समेत हुने तर पर्याप्त लगानीको अभावको कारणले आफुले चाहेको व्यवसाय गर्नबाट वञ्चित व्यक्तिहरुलाई लक्षित गर्दै नव उद्यम कर्जा सञ्चालनमा ल्याएको हो । कृषि, ब्यापार, सेवा तथा उत्पादनमा आधारित विभिन्न व्यवसाय सञ्चालन गरी उद्यमशीलता विकास गर्न सकिने अभिप्रायका साथ सञ्चालनमा ल्याइएको यस्तो कर्जा प्रतिस्पर्धी व्याजदरमा उपलब्ध गराइनेछ ।

बिज्ञापन

यस प्रकारको कर्जामा १० लाख देखी १ करोड सम्म सिमा रहने छ भने यस प्रकारको कर्जाको अवधी न्यूनतम २ वर्ष देखी अधिकतम १५ वर्ष सम्म रहनेछ । यस्तो कार्यबाट नेपाल फर्र्किएका युवाहरुलाई आत्मनिर्भर बनाउन, स्वदेशमै रोजगारी सिर्जना गर्न, उद्यमशिलता विकास गर्न, विप्रेषण मार्फत आउने रकमको सही सदुपयोग गर्न तथा समग्र देशको आर्थिक विकासमा टेवा पु¥याउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । साथै नेपाल मै रहेका व्यतिmहरुले समेत साना तथा मझौला उद्योग–व्यवसाय सञ्चालन तथा विस्तार गर्न विभिन्न कर्जा शिर्षक अन्तर्गत यस्तो सुविधा उपभोग गर्न सक्नेछन् ।

बिज्ञापन

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३१ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर करिब ८ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते