विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपाली उपभोक्तालाई लक्षित गर्दै दसैँ पर्वको अवसरमा ‘ग्राण्ड दसैँ स्किम’ सार्वजनिक गरेको छ। असोज ५ देखि कार्तिक ५ गतेसम्म लागू हुने उक्त योजनाअन्तर्गत ग्राहकहरूले ५० लाख रुपैयाँसम्मको उपहार जित्ने मौका पाउनेछन्।
बिज्ञापन
शाओमी नेपालले दसैँको अवसरमा दैनिक र साप्ताहिक रूपमा ‘लक्की ड्र’ मार्फत आकर्षक उपहारहरू प्रदान गर्ने योजना ल्याएको हो। कम्पनीका अनुसार, यो स्किम शाओमीका कुनै पनि मोबाइल खरिद गर्ने ग्राहकलाई लक्षित गरिएको छ।
बिज्ञापन
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले नेपालीहरूको महान् चाड दसैँलाई थप रमाइलो बनाउन यो योजना ल्याइएको बताए। “दसैँ नेपाली परिवारका लागि खुसी, एकता र नयाँ सुरुवातको पर्व हो। हामी हाम्रो उपभोक्ताको खुसीलाई अझ स्मरणीय बनाउन चाहन्छौँ,” उनले भने।
उपहार विवरण
बिज्ञापन
ग्राहकले शाओमी स्मार्टफोन खरिद गरेपछि निम्न प्रकारका उपहार जित्ने मौका पाउनेछन्:
साप्ताहिक बम्पर लक्की ड्र: हरेक सातामा १ जनालाई शाओमी १५ अल्ट्रा
साप्ताहिक लक्की ड्र: हरेक सातामा १ जनालाई शाओमी प्याड ७
दैनिक लक्की ड्र:
रेडमी प्याड २ – १ जना
रेडमी बड्स ५ए – ३० जना
रेडमी वाच ५ एक्टिभ – १० जना
उक्त योजनामा सहभागी हुन ग्राहकले शाओमीको कुनै पनि मोबाइल नेपालभरका आधिकारिक बिक्रेता वा जुनसुकै मोबाइल पसलबाट खरिद गर्नुपर्नेछ। त्यसपछि फोनसँगै दिइने युनिक QR कोड स्क्यान गरी, IMEI नम्बर प्रमाणीकरण गर्नुपर्नेछ। त्यसपछि व्यक्तिगत विवरण भरेर ‘स्पिन द व्हील’ मार्फत उपहार जित्ने अवसर प्राप्त गर्न सकिन्छ।
शाओमीले दसैँमा उपहारको साथसाथै प्रविधिको अनुभूति प्रदान गर्न यो योजना ल्याएको जनाएको छ। कम्पनीले उपभोक्ताको विश्वासप्रति आभार प्रकट गर्दै भविष्यमा अझ नयाँ र रोमाञ्चक योजनाहरू ल्याउने प्रतिबद्धता जनाएको छ।








