विश्वभरिका नेपालीहरूको मन जित्न सफल मोबाइल एप हाम्रो पात्रोले अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा ‘हाम्रो पात्रो रेमिट’ पुनः सुरु गरेको छ। अब अमेरिका निवासी नेपालीहरूले आफ्ना आफन्तजनलाई सजिलै, छिटो र सुरक्षित रूपमा रकम पठाउन सक्नेछन्।
बिज्ञापन
विशेषगरी नेपालीहरूको महान चाड बडादसैंलाई लक्षित गर्दै, हाम्रो पात्रो रेमिटले यो सेवाका प्रयोगकर्ताहरूका लागि आकर्षक अफरहरू पनि उपलब्ध गराएको छ। दसैंको शुभ अवसरमा हाम्रो पात्रो रेमिटमार्फत प्रयोगकर्ताहरूले १,००० अमेरिकी डलर वा सोभन्दा बढी रकम ट्रान्सफर गर्दा कुनैपनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन। दसैंमा परिवार र आफन्तलाई आर्थिक साथ दिन चाहने पहिलो ५,००० नयाँ प्रयोगकर्ताहरूले आफ्नो पहिलो ट्रान्सफरमा १ अमेरिकी डलर बराबर रू १५० को विशेष विनिमय दर प्राप्त गर्नेछन्।
बिज्ञापन
हाम्रो पात्रोका संस्थापक तथा सीईओ शंकर उप्रेती भन्छन्, ‘हाम्रो पात्रो रेमिटले प्रदान गर्ने छिटो सेवा, पारदर्शी शुल्क र भरपर्दो डेलिभरी प्रणालीले गर्दा प्रयोगकर्ताले पठाएको हरेक डलरले घरमा थप माया, भरोसा र महत्व ल्याउनेछ ।’, उनले थपे, ‘अमेरिकाबाट नेपालीहरूले सजिलै आफ्ना परिवारलाई आर्थिक सहयोग गर्न सकून् भन्ने हाम्रो मूल उद्देश्य हो,’ उनले थपे ।
प्रयोगकर्ताले पैसा पठाउनु अघि नै थाहा पाउनेछन् कि प्राप्तकर्ताले कति रुपैयाँ पाउनेछन्, जसले सेवा पूर्णरूपमा पारदर्शी बनाउँछ। रकम सिधै नेपालका प्रमुख बैंकहरूमा जम्मा हुन्छ र नियमित बैंकिङ समयअनुसार छिटो सम्पादन गरिन्छ। साथै, यदि प्रयोगकर्ताहरूलाई कुनैपनि दुविधा या जिज्ञासा भएमा हाम्रो पात्रो एपमै हाम्रो समर्पित ग्राहक सेवा टोली, २४ घण्टा नै तपाईंको साथमा रहनेछन्। हाम्रो पात्रो रेमिट अमेरिकाको संघीय र राज्य सरकारको नियम अनुसार काम गर्ने अनुमोदित साझेदारहरूसँग मिलेर सञ्चालन गरिएको छ। यसमा प्रयोगकर्ताको जानकारी र रकमको सुरक्षाका लागि आवश्यक सबै प्रक्रिया अपनाइएको छ ।
बिज्ञापन
जस्तै, केवाईसी प्रक्रिया, अवैध क्रियाकलाप रोक्ने (एएमएल) र सम्पूर्ण जानकारीको गोपनियता राख्ने प्रविधि। त्यसबाहेक, हाम्रो पात्रो रेमिट मार्फत प्रयोगकर्ताहरूले अमेरिकाबाटै नेपालमा रहेका आफन्तहरूको बिजुली, इन्टरनेट, पानी लगायतका बिलहरू तिर्न मिल्ने, आफ्नो डिजिटल वालेटमार्फत झन छिटो पैसा पठाउन सक्ने र फ्रिलान्सरहरू र साना व्यवसायीहरूलाई अमेरिकी क्लाइन्टबाट सजिलै भुक्तानी लिन मिल्ने जस्ता आकर्षक सुविधा पनि छिट्टै थपिने हाम्रो पात्रो टिमको विश्वास छ। “जहाँ नेपाली, त्यहाँ हाम्रो पात्रो” भन्ने भावना बोकेको यो एपले अझ गहिरो अपनत्व, पहुँच र सेवा दिन निरन्तर प्रयास गरिरहेको छ।








